नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्ष बन्न उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।
शनिबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी हुनुअघि उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन्।शाहीले प्रेस नोट नै जारी गरी आफू अध्यक्ष बन्ने दौडबाट पछि हटेको जानकारी गराएका छन्।
सिंहले भने निर्वाचन कमिटीलाई जानकारी गराएर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले बताए।
उनीहरूले पार्टी नेतृत्वले सकेसम्म सर्वसम्मतीको प्रयास गर्न आग्रह गरेको र आफ्नो नाममा सर्वसम्मती जुट्न नसकेकाले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
‘पार्टी स्थायी कमिटीका सदस्यहरु र केन्द्रिय कमिटीका सदस्यहरुको मोर्चाबन्दी, श्रद्धय अध्यक्ष र महासचिवको निर्देशनको हवालासहितका कारणहरुले सर्वसम्मतिको अवस्था नरहेको, केन्द्रीय नेतृत्वको चाहाना विपरित निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योग्दान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगे,’ शाहीले जारी गरेको नोटलाई भनेका छौं।
शाही र सिंहले उम्मेदवारी फिर्ता लिएपछि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र राजबहादुर शाही उम्मेदवार छन्।
मीनबहादुरलाई केन्द्रीय अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको समर्थन छ।
उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ। उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ भने खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ।