काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइएको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा उनलाई श्रद्धाञ्जली दिइएको हो। उनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत जनप्रतिनिधिले श्रद्धाञ्जली दिएका छन्।
सभागृहमा दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा लगिने छ।
वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान साढे ७ बजे ग्रान्डी अस्पतालमा निधन भएको थियो। रिजाल अघिल्लो कार्यकाल पनि वडाध्यक्ष निर्वाचित भएका थिए।
तस्बिरहरू: