प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो।
बैठक स्थगित भएपछि संसद भवन पुगेका सांसदहरू फर्किएका छन्। उनीहरू फुर्सदिला देखिएका छन्। कोहीले अन्तर्वार्ता दिइरहेका छन् भने कोही भने फोटो सेसन गराउनमा व्यस्त छन्। कोही भने फोनमा व्यस्त देखिन्छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ।
उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए। तर सर्वदलीय बैठकबाट यो निर्णय पारित भइसकेको छैन।
तस्बिरहरू: