कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ।
गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेश सभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो।
कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ।