नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर पूर्ववत् पार्टी नेकपा (एमाले)मा फर्किएकी छन्।
तुलाधर शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेकी थिइन्। त्यहाँ ओलीले उनलाई खादा लगाइदिएर पार्टीमा स्वागत गरे।
तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुन्।
सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए।