चार विद्यार्थी संगठनहरूले 'समाजवाद र समाजवादी शिक्षाका आधार' बारे छलफल गरेका छन्।
आइतबार च्यासलस्थित हिमालय कलेजमा ४ विद्यार्थी संगठनले छलफल गरेका हुन्।
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियू, नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) र जनता समाजवादी पार्टीको भ्रातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालले समाजवादी मोर्चा घोषणा गर्न तयारी गरे पनि आइतबार घोषणा भने हुन सकेन।
प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत समाजवादी शिक्षाका आधार विषयक छलफलमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजवादी विद्यार्थी मोर्चा घोषणा भने पनि आज नभएको बताए।
‘समाजवादी विद्यार्थी मोर्चा घोषणा नहुने भयो तर कार्यक्रम हुने भनेपछि मैले माधवकुमार नेपाललाई कार्यक्रममा जान भनेको थिएँ। उहाँले एकछिन तपाईं पनि आउँदा राम्रो भनेपछि म आएको हुँ,’ प्रधानमन्त्री दाहालले भने।
यसअघि माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाले समाजवादी मोर्चा बनाएका थिए।
*सच्याइएको
तस्बिरहरू: