नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो।
यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए।
कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो। बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ।
बैठकमा छलफल हुने प्रस्तावबारे महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। अर्का महामन्त्री गगन थापाले आगामी एक वर्षको कार्ययोजना बैठकमा प्रस्तुत गरेका छन्।
हेर्नुस् तस्बिरहरू: