बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई म्याद थप गर्न बुधबार अदालत लगिएको छ।
म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा अहिले आरोपीहरू र मिसिल लगिएको छ।
सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन्।
सो प्रकरणमा अदालतबाट 'स्टे अर्डर' लिएका तीन जना कर्मचारीलाई भने केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको थियो।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई छाडिएको हो।
तस्बिरहरू: