निजामती कर्मचारीहरूले सिंहदरबारअगाडि धर्ना दिएका छन्।
संघीय निजामती सेवा ऐन सरकारले छिटो ल्याउनुपर्ने माग गर्दै कर्मचारी संगठनले बिहीबार धर्ना दिएका हुन्।
‘देश संघीयतामा गइसकेपछि सबैले आ-आफ्नो कानून पाए। निजामती कर्मचारीको भने ऐन बन्न पाएन। तत्काल जारी गर्न सरकारसँग माग गरिएको थियो,’ नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले भने, ‘सरकारलाई पटकपटक ध्यानाकर्षण पनि गरिएको थियो। एसएमएसबाट सचिवहरूलाई माग पनि राखेको हो। पूरा भएन। बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो।’
उनीहरूले निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेका थिए।
निजामती कर्मचारीका अन्य संगठनहरूले भने आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकोले आन्दोलन कार्यक्रम फिर्ता लिएका हुन्।
तस्बिरहरू: