नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन्।
आइतबार अपराह्न उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन्।
सिंहदरबारमा उनलाई कर्मचारीहरूले फूलमालाले स्वागत गरेका थिए। यसअघि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
पदभार ग्रहण गरेलगत्तै उनले नेपाल एउटा शान्तिप्रिय देश, लोकतान्त्रिक देशको रूपमा विश्वभर चिनिने अवस्था आउनेमा आफूले विश्वास लिएको बताए।
प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्यका लागि तपाईं एक जनालाई मात्र शपथ गराएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘त्यो पनि एउटा कारण हुन सक्छ। यसमा छलफल अगाडि बढाउँछौं। भर्खरै कार्यालय आएको छु। यस कुराको ब्रिफिङ लिएर त्यसको बारेमा भन्नेछु।’
तस्बिरहरू: