प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्।
विश्वासको मत पाएसँगै सांसदहरूले उनलाई खादा लगाइदिएर बधाई दिएका छन्।
सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए। उनले राखेको प्रस्तावको पक्षमा १७२ मत खसेको छ भने उनलाई विश्वासको मत दिनुहुन्न भन्ने पक्षमा ८९ मत परेको छ।
आजको मतदानमा २६२ सांसद सहभागी थिए। तीमध्ये १ जना तटस्थ भएका थिए।
यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। त्यतिबेला उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए।
तस्बिरहरू: