सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार जसपाका सांसद यादवले बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी भएका छन्।
लोतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपस्थित छैनन्।
रामसहाय प्रसाद यादवका प्रस्तावक अशाेककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्।
यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकाेटा र भानुभक्त जाेशी समर्थक छन्।
१० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो। जसपाबाट रामसहाय यादव, प्रमिला यादव र जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो। प्रमिलाले केही समयपछि दर्ता गराउने भएकी हुन्।
साझा उम्मेदवार टुंगो लगाउन आइतबार पुन: बैठक बस्ने निर्णय समेत गठबन्धनले गरेको छ।