निवर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्ने भएका छन्।
देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन्।
आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ। प्रचण्डको शपथअघि नै देउवा त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा छन्।
बालुवाटारबाट निस्केर पूर्वप्रधानमन्त्री देउवा कहाँ बस्न जाने हो यकिन छैन। किनभने देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेको छ।
देउवानिकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घरको भित्री भाग र बाहिर मर्मत र कोठा थप गर्ने काम भइरहेको छ। उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन।
घर मर्मत नसकिएसम्म सभापति देउवा बूढानिलकण्ठको घर वरिपरिको कुनै होटल वा घर भाडामा लिएर बस्ने तयारी गरेका छन्।
‘भाडामा बस्न घर खोज्ने काम भइरहेको छ। घर पाएपछि उहाँ (देउवा) ले सरकारी निवास छाड्नुहुन्छ,’ देउवानिकट स्रोतले भन्यो।
हेर्नुस् तस्बिरहरू: