भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। उनी भारतको कुसीनगरबाट सोमबार बिहान हेलिकोप्टरमा लुम्बिनी आइपुगेका हुन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन्।
मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरेका छन्। भारतले उपहार पठाएको पिपलको विरूवामा दुबै देशका प्रधानमन्त्रीले जल चढाएका छन्। यस्तै मोदीले अशोक स्तम्भ अवलोकन गर्नुका साथै विहार शिलान्याससमेत गर्ने कार्यक्रम रहेको छ।
मोदी लुम्बिनीमा करिब ६ घन्टा बिताएर आजै स्वदेश फर्किने कार्यक्रम छ।
मोदीले मायादेवी मन्दिरमा पूजाआजा गर्नेछन्। पूजामा समकक्षी देउवा पनि सहभागी हुनेछन्। त्यसपछि मोदीले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज शिलान्यास गर्नेछन्।
करिब ३ अर्ब लागतमा जर्मन मन्दिरनजिकै भारतले यो बिहार बनाउन लागेको हो। लुम्बिनीमा भारतले नै निर्माण गरेको अर्का बिहारसमेत छ।