आगामी वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ। विभिन्न राजनीतिक दलहरू चुनावको तयारीमा जुटिरहेका छन्। त्यही चुनाव लाग्ने मध्येका एक हुन् ललितपुर-१० का ८१ वर्षीय नरसिंह व्यञ्जनकार।
बहालवाला वडाध्यक्ष नरसिंहलाई चुनाव लाग्नुको अर्थ घरदैलो गर्ने, पर्चा पम्पलेट छाप्ने, प्रचार प्रसार गर्ने होइन। उनलाई चुनाव लागेको छ किनकी उनले फेरि पनि वडाध्यक्ष लड्ने योजना बनाएका छन्।
१९९७ साल मंसिर १२ गते जन्मेका नरसिंहले झन्डै आधा शताब्दी वडाध्यक्ष भएर बिताइसके।
कुपन्डोलदेखि यता नारायणी होटलसम्म र उता चाकुपाट हुँदै कृष्णगल्लीसम्मको क्षेत्रमा ओहोरदोहोर गर्दै उनको जिन्दगीका ४९ वर्ष बितिसक्यो। यी ठाउँको भौगोलिक स्वरूप फेरिए पनि उनको काम भने फेरिएको छैन। उनी झन्डै आधा शताब्दीदेखि गर्दै आइरहेको उही काम गरिरहेका छन्।
नरसिंह ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष हुन्। उनले यो वडाको नेतृत्व सम्हालेको यो दसौंपल्ट हो। तीमध्ये ९ पटक उनले स्वतन्त्र उम्मेदवार बनेरै चुनाव जिते।
आउने चुनावमा पनि उनले स्वतन्त्र उम्मेदवार दिने विचार गरेका छन्।
अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम सक्न र नयाँ-नयाँ काम सुरू गर्न फेरि वडाध्यक्षमा उठ्न लागेको उनले बताए।
उनलाई आफूले सम्हालिरहेको पद अर्को पुस्तालाई हस्तान्तरण गर्न मन भएर पनि गर्न नपाएको बताउँछन्।
कुनै जिम्मेवारी अरूलाई सुम्पन्ने काम अशंबन्डा गरेको जस्तो सहज नहुने उनको तर्क छ।
हेर्नुस् भिडिओ: