निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास फर्कने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सडक खाली गराउन थालेको छ। बाटोका खाल्डा खुल्डीमा जमेको पानी हटाउन थालेको छ।
ओलीलाई बालुवाटार छोडेर बालकोटस्थित निवास फर्किँदा कार्यकर्ताले तीन हजार मोटरसाइकल र दुई हजार गाडीले स्कर्टिङ गर्ने दाबी गरिएको छ।
युवा संघका इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा स्कर्टिङ गरी ओलीलाई कौशलटारबाट नागरिक अभिनन्दनसहित निवास पुर्याउने योजना छ।
महानगरीय ट्राफिक महाशाखाले जुलुसलाई मध्यनजर गरी काठमाडौंका सडकमा ट्राफिक प्रहरीको संख्या बढाएको छ।
जुलुस बालुवाटारबाट रत्नपार्क, माइतीघर, बानेश्वर हुँदै कौशलटार पुग्ने भनिएको छ।
हेर्नुहोस् बालकोटका केही तस्बिहरू