नागरिक अगुवाहरूले नेपाल सरकारसँग म्यानमारको प्रजातान्त्रिक मान्यताको पक्षमा उभिन आग्रह गरेका छन्।
सैनिक 'कू'विरूद्ध दक्षिण एशियाली मुलुक र विश्वव्यापी रूपबाट पर्याप्त प्रतिक्रियाको अभावले म्यानमारका जनता ब्याकुल भएको भन्दै नेपालका नागरिक अगुवाहरूले सरकारलाई प्रजातान्त्रिक मान्यताको पक्षमा उभिन आग्रह गरेको हुन्।
म्यानमारका जनतालाई सहयोग गर्न भन्दै आइतबार १२ जना नागरिक अगुवाहरूले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्ति जारी गर्नेमा विपिन अधिकारी, रेणु अधिकारी, रेम विश्वकर्मा, डम्बर चेम्जोङ, राजेन्द्र दाहाल, कुलचन्द्र गौतम, जयप्रकाश गुप्ता, अर्जुन कार्की, रामेश्वर खनाल, महेश मास्के र सुशील प्याकुरेल छन्।
म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा आङ सान सुकीलगायत नेतालाई पक्राउ गरेर सत्ता हत्याएको थियो।
सैनिक कूको विरोधमा अहिले म्यानमारमा दिनदिनै प्रदर्शन हुने गरेका छन्। सेनाले प्रदर्शनकारीमाथि क्रुर दमनको नीति लिएको छ। शनिबारमात्रै त्यहाँ सेनाको गोली लागेर बालबालिकासहित ११४ जनाको मृत्यु भएको थियो।
नागरिक अगुवाको विज्ञप्तिको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुस्