सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक कक्षको अवलोकन गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख सापकोटाले बैठक कक्षको अवलोकन गरेका हुन्।
मंगलबार सभामुख सापकोटाले बैठक कक्ष अवलोकन गरेका हुन्। कुर्सी-टेवल रंगरोगन, सरसफाइ गरेर प्रतिनिधि सभा बैठक कक्ष चिरिचट्ट बनाइएको छ।
संसदभित्र बस्दा अनिवार्य मास्क र सामाजिक दूरी कायम गर्नुपर्ने सूचना ठाउँठाउँमा टाँसिएको छ।
हेर्नुस् तस्बिरहरू: