बालाजु बाइपासका सडक पीडितको सडक आन्दोलन जारी छ।
वृहत् नागरिक आन्दोलनले विकासका नाममा जारी प्रतिगमन विरूद्ध सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्।
वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिले माइतीघर मण्डलामा विभिन्न नारासहित धर्ना दिएको हो।
उनीहरूले कमलपोखरीमा कंकिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका छन्। उनीहरूले ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं’, गैर न्यायिक सडक विस्तार बन्द गर!, सुमन सायमीजस्ता अभियन्तालाई रिहा गर.. जस्ता प्लेकार्डसहित धर्ना दिएका हुन्।
बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गराउनुपर्ने माग पनि उनीहरूको छ।
‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति, कस्तो सरकार?’ भन्ने प्लेकार्डसहित उनीहरूले धर्ना दिएका छन्।