नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सिंहदरबार नजिकै प्रदर्शन गरेका छन्।
प्रतिगमनविरूद्ध भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेको विरोध पत्रसहित अनेरास्ववियूले आइतबार दिउँसो हनुमानस्थानमा प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘दु:खी नेपाली अस्तव्यस्त नेपाल’ भन्दै विरोध पत्रमा लेखेका छन्।
अनेरास्ववियूकी नेतृ आरती लामाले विरोध पत्र सिंहदरबारभित्र गएर दिने आफूहरूको कार्यक्रम रहेको बताइन्। तर विरोध पत्र बुझ्न नमानेको भन्दै अनेरास्ववियूले सडकबाटै उक्त पत्र सार्वजनिक गरेको छ।
तस्बिरहरू: