प्रचण्ड-नेपाल समूहका विद्यार्थीले मसाल जुलुस निकालेका छन्।
प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल समूहनिकट संगठन र विद्यार्थीले जुलुस निकालेका हुन्।
प्रतिगमविरूद्ध नारा लगाउँदै उनीहरूले जुलुस निकालेका हुन्। उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेका छन्।
केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद, संविधान मार्न पाइँदैनलगायत नारा लगाएका छन्।
प्रचण्ड- नेपाल समूहले पत्रकार सम्मेलन गरेर बिहीबार आमहड्ताल गर्ने भनिसकेको छ। सरकारको असंवैधानिक कदमविरूद्ध आमहड्तालसम्मको अवस्थामा जानु परेको केन्द्रीय संघर्ष समितिले जनाएको छ।
तस्बिरहरू :