जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनको घोषणा गरेको हो।
जसपाले विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदम भएको भन्दै जिल्लस्तरका प्रदर्शन गर्न लागेको हो।
माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुस निकाल्ने जसपाले जनाएको छ।
त्यस्तै, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय स्थिति अनुरूप विरोध कार्यक्रमहरू निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।