संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै केही विद्यार्थीहरूले पाँच मिनेट माइतीघरमा सुतेर मौनधारण गरेका थिए।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नारा लेखिएको कालो मास्क, निधारमा कालो फिता र शरीरमा कालो कपडा बेरेका थिए।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यप्त भ्रष्टाचार गरेको लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरीत संसद विघटन गरेको आरोप लगाएका थिए।
उनको यो कदम अधिनायकवाद र प्रतिगामी भएकोले विरोध कार्यक्रमलाई निरन्तरता दिने बताए।
नेविसंघले शुक्रबार पनि विरोध कार्यक्रम गर्नेछ। केन्द्रीय परिपत्र अनुसार शुक्रबार नेविसंघले देशभर दौड जुलुस गर्न लागेको हो
तस्बिरहरू :