राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारविरूद्ध आज काठमाडौंमा भएको प्रदर्शनपछिको कोणसभाबाट राजाका पक्षमा नारा लगाएका छन्।
अध्यक्ष थापाले ‘जनता आऊँ, राजा ल्याऊँ’ भन्दै मञ्चबाट नारा लगाएका थिए। थापाको नारालाई उनका कार्यकर्ताले समर्थन जनाउँदै ‘राजा ल्याऊँ’ भनिरहेका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकार असफल भइसकेको विरोधमा राप्रपाले आज प्रदर्शन गरेको छ।
उक्त प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ‘जनता आऊँ, हिन्दु राष्ट्र ल्याऊँ’ भनेका थिए।
उनले जनता र राजा मिलेर देश बचाउनुपर्ने पनि बताएका छन्। राप्रपाले हिन्दु राष्ट्र र राजासहित प्रजातन्त्रको वकालत गरिराखेको छ।