प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ।
कांग्रेस भ्रातृ संगठन नेविसंघको आयोजनामा सर्वोच्च अदालतअगाडि गरिएको प्रदर्शनमा सहभागी विद्यार्थीमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनमा विद्यार्थीहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका थिए।
सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनहरूको सुनुवाइ जारी छ।