नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले काठमाडौंको रामशाहपथस्थित सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दामा सुनुवाइ भइरहेका बेला नेविसंघले शुक्रबार दिउँसो प्रदर्शन गरेका छन्।
नेविसंघले ‘सर्वोच्च अदालत हामी नजिकबाट नियालिरहेछौं’ भन्ने प्ले कार्डसहित प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रिएका नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, कर्ण ओली, करूणा सागर सिग्देल, अर्बत खड्का र राकेश शिवाकोटीलगायतलाई प्रहरीले पक्राउ गरेको छ।
नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले पक्राउ परेका नेविसंघ कार्यकर्तालाई विनाशर्त तुरून्त रिहाइ गर्न माग गरेका छन्।