नेकपाको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेसँगै त्यहाँको चहलपहल बढेको छ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएसँगै पेरिसडाँडामा नेकपाको पार्टी बैठक बसेको थिएन।
पेरिसडाँडामा जनवर्गीय संगठनको कार्यालय रहेकाले पार्टीका नेताहरू गइरहे पनि शीर्ष नेताहरूको बैठक भने बसेको थिएन।
यो बीचमा नेकपाका अधिकांश बैठकनै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका छन्। कतिपय बैठक भने धुम्बाराहीस्थित कार्यालयमा हुने गरेका थिए। धुम्बाराहीमा भन्दा पेरिसडाँडामा फराकिलो भएकोले सचिवालय बैठक बोलाइएको नेकपा नेताहरूको भनाइ छ।
भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कामको सम्पूर्ण भूमिका दिएसँगै प्रचण्डले सचिवालय बैठक पेरिसडाँडामा बोलाएका हुन्।
भदौ ३१ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटले असोज २ गते पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो।
प्रधानमन्त्रीसँगै मन्त्रीहरूले संविधान दिवसको तयारी गर्नपर्ने भएकाले ४ गतेलाई बैठक सारिएको हो।
पार्टी एकता हुनुभन्दा पहिला पेरिसडाँडामा पूर्वमाओवादीका नेताहरूको बैठक बसिरहने भएकाले त्यहाँ निकै चहलपहल हुने गरेको थियो।
कुनै बेला संसदकै ठूलो पार्टीको दिनहुँका बैठकले व्यस्त रहने पेरिसडाँडा २ वर्षयता भने सुनसानजस्तै बनेको थियो। गाडीको चहल पहल नभएकै कारणले पेरिसडाँडामा रहेको नेकपा कार्यालयको पार्किङ स्थलमा उम्रिएको छ।
b