सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि राष्ट्रपतिको स्वागतमा संघीय संसद भवनलाई चिरिच्याट्ट पारिएको छ। चारैतिर नेपालको झण्डाले सजाइएको छ भने बानेश्वर क्षेत्रमा बोटविरूवा पनि काँटछाँट गरिएको छ।
नीति तथा कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उच्चपदस्थ सरकारी अधिकारी, कूटनीतिक नियोग, मन्त्रीहरू, नेतालगायतको उपस्थिति रहनेछ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा उल्लेख छ।
तस्बिरहरू: