कोरोना भाइरसलाई लक्षित गरेर सरकारले चीन र भारतबाट बिभिन्न स्वास्थ्य सामाग्री र उपकरण मगाएको छ।
सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्रीहरु १ लाख ६० हजार, जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामाग्री ५ लाख वटा, भाइरसको नमुना संकलन गरेर पठाउने भाँडो १ लाख वटा मगाएको छ।
मोनिटर सहितको भेन्टीलेटर १ सय वटा, ल्याब सहितको मोबाइल एम्बुलेन्स १० वटा, मोबाइल एम्बुलेन्स ५ वटा ,रगतमा अक्सिजनको मात्रा देखाउने मेसिन २० वटा, अक्सिजन प्लान्ट ५ वटा, इन्ट्युबेटिङ सेट २ हजार वटा, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार, सर्जिकल पञ्जा २ लाख वटा मगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले चीनबाट १९ प्रकारका स्वास्थ्य समाग्री र उपकरण मगाएको छ।
त्यस्तै सरकारले भारतबाट पनि स्वास्थ्य सामाग्री र उपकरणहरु मगाएको छ। भारतबाट सरकारले १६ प्रकारका स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ।
विभिन्न खालका व्यक्तिगत सुरक्षा सामाग्रीहरु १ लाख ६० हजार वटा, एन ९५ मास्क १ लाख ५० हजार वटा, इन्फारेड थर्मोमिटर १० हजार वटा, अक्सिजन प्लान्ट ५ वटा मगाइएको छ। ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार र सर्जिकल मास्क २ लाख वटा मगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।