नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक राष्ट्रियसभामा जारी छ।
अहिले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
ओलीले अहिले दुई वर्षको अवधिमा सरकारले गरेको प्रगतिबारेमा बताइरहेका छन्। उनले बैठकको बारेमा भन्दा पनि सरकारको कामकारबाहीको बारेमा बेलिविस्तार लगाइरेहका छन्।
यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
बैठकमा महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्ने भएका छन्।
बैठकमा सात वटै प्रदेशका प्रदेश अध्यक्षहरूले आफ्नो प्रदेशको सांगठनिक रिपोर्ट प्रस्तुत गर्नेछन्।
साथै पार्टीको महाधिवेशनबारे पनि बैठकमा छलफल हुने भएको छ।
हेर्नुस् तस्बिर: