एक महिनापछि सोमबार बसेको प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरिन्।
बैठकको अध्यक्षता गरेकी उनले अरू दिनजस्तो सांसदलाई बोल्न र मन्त्रीलाई विधेयक पेस गर्न समय छुट्याइनन् बरू आफ्नै कुरा राखिन्।
दुई वर्षसम्म उपसभामुख बन्दा सहयोग गर्नेलाई धन्यवाद दिइन् र अहिले नेतृत्वले लिएको निर्णयलाई जनताले सूक्ष्म रूपमा निगरानी गरिरहेको बताइन्।
सभामुखका लागि आफूले मार्गप्रशस्त गर्ने भन्दै तुम्बाहाङ्फेले केही मिनेट चलेको बैठक दिउँसो चार बजे बस्नेगरी स्थगित गरिन्।
बैठक सकिएपछि धेरै सांसदहरूले नेकपाका सांसद अग्नि सापकोटातिर मोडिए।
उनीसँग हात मिलाए र अग्रिम बधाई दिए।
सापकोटालाई सत्तारूढ नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। संसदमा नेकपाको बहुमत भएकाले उनी सभामुख बन्ने पक्का छ। त्यही भएर प्रक्रिया नै सुरू नभए पनि सांसदहरूले सापकोटालाई बधाई दिएका हुन्।
हेर्नुहोस् तस्बिरहरू: