नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई सिंहदरबारभित्र कर्मचारीहरूले फूलमालासहितले स्वागत गरेका छन्।
बुधबार राति नियुक्त भएका मन्त्री भुसालले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण गरेका थिए।
सपथ ग्रहण लगत्तै उनी कार्यभार सम्हाल्न मन्त्रालय पुगेका हुन्।
उनले पदभार ग्रहण गरेका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा मन्त्री भुसाल पदभार ग्रहणमा पुग्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए।
भुसालको कार्यकक्षमा खनालले अँगालो हालेर उनलाई स्वागत गरे।
‘के होला भन्ने थियो, तपाईं आउनुभयो अलिकति खुसी भएँ, ’ खनालले भुसाललाई भने।
जवाफमा घनश्यामले भने- म तपाईंका सफलताबाट सिक्छु। तपाईंका असफलताबाट पनि सिक्छु।
त्यसपछि पदभार ग्रहण गर्दै मन्त्री भुषालले आफू पदमा रहुञ्जेल लोभ र डरबाट प्रभावित नहुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्।