नेत्र विक्रम चन्द 'विप्लव' समुहका मोरङ जिल्ला सेक्रेटरी पक्राउ परेका छन्।
बिहीबार दिउँसो विप्लव समहूका जिल्ला सेक्रेटरी कुमार खतिवडालाई जिल्ला प्रहरी कार्यालयको टोलीले विराटनगर स्थित टंकी चोकबाट पक्राउ गरेको हो।
खतिवडामाथि बम बिस्फोटनका कामहरु गर्दै आएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए।
उनी बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।