आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका संघिय संसदका सभामुख कृष्णबहादुर महराको भनाइ र उनको सचिवालय जारी गरेको विज्ञप्ति बाझिएको छ।
महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा बलात्कार भएको दिन अर्थात आइतबार सभामुख महरा दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक त्यसपछि महरा अन्यत्र कहीँ नगएको दाबी गरिएको छ।
पढ्नुस् विज्ञप्तिः
जबकी नेपालन्यूज डटकमसँगको कुराकानीमा सभामुख महराले आफू त्यहाँ गएको र ती महिलासँग बसेर रक्सी खाएको स्वीकार गरेका छन्।
सो पोर्टलसँगको कुराकानीमा उनले महिलाको निवासमा गएको भएपनि बाहिर आएजस्तो घटना नभएको भनेका छन्।
'यो अनर्गल प्रचार हो। फेक न्युज हो। कर्मचारी समायोजनको रिस ममाथि पोखिएको हो। सिंहदरबारभित्र समायोजनको कुनै दरबन्दी छैन। सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन गर्यो। यहाँ स्वास्थ्यको दरबन्दी छैन। मैले समायोजनमा जानुस् भनेँ। त्यसमा उहाँहरूको विमति रह्यो। त्यसैले उहाँहरूले के-के के-के खबर गर्नुभएको छ', सो कुराकानीमा महराले बताएका छन्।
त्यसैगरी सो कुराकानीमा उनले पीडीत भनिएकी महिलासँग आफ्नो पुरानो चिनजान रहेको, आउजाउ हुनेगरेको र आफ्नी साथी तथा विद्यार्थी भएको स्वीकार गरेका छन्।
यस्तै ती महिलालाई धम्क्याएको विषयमा महराले सो कुरा पहिलाको हुनसक्ने तर आइतबार त्यसो नगरेको बताएका छन्।
यसरी महरा र उनका प्रेस सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्ति बाझिएको हो।
यो पनि पढ्नुहोस्ः