विप्लव समूहमा आबद्ध दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले विप्लव नेतृत्वको नेकपा युवा संगठनका कर्णाली ब्युरो इन्चार्ज बखतबहादुर बिष्ट र जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)लाई पक्राउ गरेको हो।
उनीहरुलाई हिमा गाउँपालिकाको धाँचुगाउँबाट सुतेकै अवस्थामा सोमबार बिहान ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए।
सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचुगाउँमा आएको सूचनाका आधारमा पक्राउ गर्न टोली खटाइएको उनले बताए। उनीहरुका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पार्टीको युवा अभियान सञ्चालन गर्न उनीहरु गाउँमा गएको बताइएको छ।