नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको छ।
आज बसेको नेकपाको सचिवालय बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको हो।
यसबाट संघीय सरकारका दुई जना बहालवाला मन्त्री पनि नेकपाको जिल्ला इञ्चार्ज भएका छन्।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा काभ्रे जिल्लाको इञ्चार्ज भएका छन्। काभ्रेमा सह-इञ्चार्ज भने तोकिएको छैन। यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले स्याङ्जा जिल्ला इञ्चार्जको जिम्मेवारी पाएकी छिन्।
अरू क-कसले पाए जिम्मेवारी, हेर्नुस् सूची