भारतीय राजदुत मञ्जीव सिंह पुरीलाई वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले एक कार्यक्रमकाबीच आज सम्मान गरेको छ।
जनकपुरधाममा आयोजित सम्मान कार्यक्रममा पुरीलाई रुद्राक्षको माला, जानकी मन्दिरको तस्वीर तथा दोस्सला ओढाएर सम्मान गरिएको हो।भारत तथा नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई जनकपुरधाममा सम्मान गरिएको हो।
जनकपुरधामको प्राचिनतालाई जोगाउनु पर्छः उपप्रम यादव
सम्मान कार्यक्रममा सहभागी उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जनकपुर मिथिला मधेशको विद्वत वर्गको स्थलको रुपमा परिचित रहेको भन्दै यसको संरक्षण र सम्वद्र्धनको लागि ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
मिथिलाको जनकपुरधाम प्राचिनकालदेखि ज्ञान, सांस्कृतिक तथा पर्यटकीय भूमि रहेकोले यसलाई पुरानै स्वरुपमा फर्काउन तर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। परापूर्वकालको ज्ञान क्षेत्रको रुपमा वर्तमानमा पनि ज्ञानस्थलझैँ विश्वविद्यालय निर्माण गरी भविष्यमा पनि आफ्नो महत्व झल्काउने गरी पहिचान कायम राख्न तर्फ तिनै तहको सरकारले काम गर्नु पर्ने धारणा राखे।
उनले जनकपुर विकासको लागि स्थानीय सरकारले स्रोत साधन र जनशक्तिको परिचालनमा आवश्यक ध्यान दिनुपर्नेमा जोड दिए । ‘मिथिलाको भूमिको रुपमा रहेको जनकपुरधाम र यसको पहिचान कायम राख्दै स्वच्छ, स्वास्थ्य र हराभरा तथा सुन्दर बनाउनु तर्फ हामी सबैले पहल गर्नुपर्छ’ यादवले भने।
यादवले नेपाल भारतको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक एवं नातागोताको सम्बन्ध परापूर्वकाल देखि नै रहँदै आएकोले दुई देश बीचको सम्बन्ध छुट्टै र विशिष्ट श्रेणीको रहेको चर्चा गरे। त्यस्तै प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरको विकासको लागि सांस्कृतिक महत्वलाई कायम राख्नुपर्नेमा जोड दिए।
त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले अब आउने दिनमा जनकपुर राजधानीमा परिणत हुने भएकाले यसको लागि दिर्घकालिन शहरी योजना अनुरुप नगरले कार्य थाल्न आवश्यक रहेको बताए। मुख्यमन्त्री लालबाबु राउतले अब आउने दिनमा जनकपुर राजधानीमा परिणत हुने भएकाले यसको लागि दिर्घकालीन शहरी योजना अनुरुप नगरले कार्य थाल्न आवश्यक रहेको बताए।