नेपाल प्रहरीले शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन्। उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका-११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन्।
पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमूख दानबहादुर कार्कीले बताए।
उनीहरू त्यहाँको स्थानीय आमा समूहको हलमा बैठक गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ गर्नुअघि शनिबार दिउँसो नै प्रहरीले उनीहरूलाई घेराउ गरेर राखेको थियो।