प्रदेश दुई सरकारले बारा-पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाको १३ औं पुण्यतिथिमा प्रादेशिक शोकको घोषणा गरेको छ।
आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले १३ औं पुण्यतिथिको दिन चैत ३० गते प्रादेशिक शोक मनाउने निर्णय गरेको प्रदेश दुईका मुख्य सचिव दीपक सुवेदीले जानकारी दिए।
बैठकले १३ औं पुण्यतिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले बिहान ११ बजे २ मिनेट मृतकको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गर्न समेत आह्वान गरेको थियो।
प्रत्येक मृतकका परिवारलाई किरिया खर्चका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
सुवेदीका अनुसार बारा-पर्सामा आएको विनाशकारी आँधीपछि त्यहाँ शौचालय, खानेपानी, बत्ती र टेन्ट लगायतको समस्या देखिएकोले तत्काल उक्त समस्याको समाधान गर्नका लागि केन्द्रीय सरकारसँग समन्वय गरिने तयारी समेत भैरहेको छ।