सरकारले बुधबारदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को लागू गरेको छ।
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो।
‘सबैका लागि रोजगार: संवैधानिक अधिकार’ नारा भएको यो कार्यक्रम श्रमिकलक्षित छ।
नयाँ कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गर्नेछ।
यसै अवसरमा प्रधानमन्त्रीले अबदेखि हरेक वर्ष फागुन १ गते रोजगार दिवस मनाइने बताए।
बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई एक कदम अघि लैजाने यो ऐतिहासिक दिन भएकाले हरेक वर्ष रोजगार दिवस मनाइने बताए।
तस्बिरहरू :