कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशको बिहिबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले माघ १ गते (माघे सक्रान्ति) विदा दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेशमा मगर समुदायका साथै अन्य समुदायले पनि माघी पर्वलाई विशेष दिनका रुपमा मनाउने गरेकाले माघ १ गते विदा दिने निर्णय गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाई छ ।
यसैगरी कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिन आवश्यक दिनहरुको अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा गठित समितिमा सामाजिक विकास मन्त्री दल रावल सदस्य सचिव रहेका छन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यज्ञराज बोहरा सदस्य रहेका छन् ।