काठमाडौं महानगरपालिकाका विभिन्न विभागमा कार्यरत कर्मचारीको रातारात सरूवा भएको छ।
काठमाडौं हानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले बुधबार बिहान ९ बजे बसेको बैठकमा कर्मचारीहरूलाई सरूवाको पत्र थमाएका थिए।
‘कसैलाई हल्ला नगरीकन तोकिएको स्थानमा सरूवा भएर जानुहोला भनेर बिहानको बैठकमा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले भन्नु भयो,’ महानगर उच्च स्रोतले सेतोपाटीसँग भन्यो,‘उहाँले बिहानको बैंठकमा तपाईँहरूको अब सरूवा भयो तोकिएको ठाउँमा जानुहोला भनेर पत्र थमाउनुभयो।’
कोइरालाले प्रवक्त ज्ञानेन्द्र कार्कीसहित २ जनाबाहेक अरू उच्च कर्मचारीलाई सरूवा गरेका हुन्।
सरूवा हुनेमा सहरी व्यवस्थापन स्वास्थ्य महाशाखामा कार्यरत हरिकुमार श्रेष्ठलाई वातावरण व्यवस्थापन विभागमा पठाइएको छ। यस्तै राजश्व विभागमा कार्यरत राज्य प्रकाश प्रधानाङ्गलाई सूचना प्रविधि विभागमा पठाइएको छ।
यस्तै वातावरण विभागमा कार्यरत हरिबहादुर कुँवरलाई सहरी सुशासन विभागमा पठाइएको छ।
विपत व्यवस्थापन विभागका इन्द्रमान सिंह सुवाललाई चमती जग्गा एकीकरण विभागमा पठाइएको छ।
यस्तै सामाजिक विकास विभागमा कार्यरत नुरनिधि न्यौपानेलाई राजश्वमा पठाइएको छ।
सुशासन विभागका सनतकुमार थापालाई सामाजिक विकास तथ सहरी विभाग, सम्पदा तथा पर्यटन विभागकी अर्चना शाक्यलाई विपद व्यवस्थापन विभाग पठाइएको छ।
सहरी पूर्वाधार विकासमा कार्यरत राम थापालाई सम्पदा विभागको जिम्मेवारी सुम्पिएको छ।
यस्तै सूचना प्रविधि महाशाखामा कार्यरत युवराज खनाललाई वातावरण प्रशासन महाशाखा पठाइएको छ भने सूचना प्रविधि महाशाखाकै ध्रुब काफ्लेलाई सार्वजनिक निजी साझेदारी एकाईमा पठाइएको छ।
यस्तै सार्वनजिक निजी साझेदारीमा कार्यरत महेश काफ्लेलाई अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयको जिम्मा दिइएको छ।
यस्तै फोहोर मैला विभागका रविन्द्र कुमार राईलाई सूचना तथा अभिलेख महाशाखामा पठाइएको छ। सुरज शाक्यलाई भवन इजाजत केन्द्रमा ल्याइएको छ।
यो केन्द्रक रविन्द्रकुमार पौडेललाई अन्यत्रै पठाइएको छ।
यस्तै वित्त विभागका बुद्ध रत्न मानन्धरको पनि सरूवा भएको छैन।