प्रतिनिधि सभाकी सांसद निरुदेवी पालको घटनालाई अनुसन्धान गर्नको लागि प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
यसअघि प्रहरीले शंकास्पद ७० जनालाई नियन्त्रणमा लिएको जनाएको थियो। अनुसन्धानका लागि शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि एसएसपी पोखरेल आफैं खटिएका छन्।
‘घटनाको अनुसन्धान गर्नको लागि हामीले विभिन्न कोणबाट हेरेका छौं’,उनले भने, ‘घटनाको अनुसन्धानको लागि व्यापक प्रहरी परिचालन गरिएको छ।’
सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग बिहिबारको बैठकमा माग गरेकी थिइन्।
लगत्तै सरकारले घटनाको अनुसन्धान गर्नको लागि निर्देशन दिएको थियो।
यी पनि हेर्नुहोस् :
पेस्तोल ताकेर सांसद पालको मोबाइल लुटियो
म पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन : निरु पाल