सरकारले संसदीय सुनुवाइ समितिका सदस्यको सुरक्षामा प्रहरी खटाएको छ। समिति सदस्यको सुरक्षालाई मध्यनजर गरेर सुरक्षाको व्यवस्था मिलाइएको नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए।
‘गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले समितिको सिफारिसमा समितिका सदस्यको सुरक्षा निम्ति बुधबार सुरक्षाकर्मी खटाएको हो,’ प्रवक्ता थापा क्षेत्रीले भने।
उनले आज सात जना सदस्यको सुरक्षामा प्रहरी खटेको जानकारी दिए। केही सदस्यले सुरक्षा नचाहिने बताएका छन्।
जेष्ठ सदस्य लक्ष्मणलाल कर्णसहित समितिका केही सदस्यको सुरक्षामा यसअघि नै प्रहरी सुरक्षामा खटिएका थिए।
संसदीय समितिमा १५ जना सांसद छन्।
प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीको अनुमोदन सम्बन्धी निणर्य गर्न समितिको बैठक केहीबेरमा बस्दैछ।