सरकारले विश्व वातावरण दिवसको अवसर पारेर ‘एक नेपाली, एक फलफूलको विरुवा रोप्ने अभियान’ पनि सुरू गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आफूलाई मनपर्ने फलफूल लिची र एभोकाडोको २ वटा बिरुवा रोपेर ‘एक नेपाली, एक फलफूलको विरुवा रोप्ने अभियान’ को शुभारम्भ गरे।
त्यस अवसरमा उनले सबैलाई यो अभियानमा साथ दिन पनि आह्वान गरे।
मुलुकको आयआर्जनको समेत भरपर्दो माध्यम भएकाले फलफूलको बिरुवा रोप्ने कामलाई सरकारले अभियानको रूपमा अघि बढाएको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
उनले फलफूल मानव स्वास्थ्यका लागि पनि उत्तिकै महत्त्व रहेको पनि स्मरण गराए।
सरकारले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार यो अभियान सञ्चालन गरेको हो।
अभियान अन्तरगत आज मात्रै एक लाखभन्दा बढी फलफूलको बिरुवा रोप्ने सरकारको योजना छ।
प्रधानमन्त्री ओलीले यो अभियान वर्षभरि सञ्चालन गरेर करोडौं फलफूलको बिरुवा रोप्ने लक्ष्य लिइएको पनि स्पष्ट पारे।
नेपालको फलफूल निर्यातका लागि योग्य वस्तु रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।