गृह मन्त्रालयले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा भइरहेको अनुसन्धान कानुनले दिएको अधिकार बमोजिम भइरहेको जनाएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अदालतमा विचाराधीन रहेका कतिपय संवेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'केही जिम्मेवार व्यक्तिहरुको गैर जिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहिन विचार अभिव्यक्तिहरुबाट अनुसन्धान कार्यलाई नै गम्भीर असर पर्न सक्ने एवम् अपराधीहरुको मनोबल थप बढ्नसक्ने देखिएको तर्फ नेपाल सरकार गृह मन्त्रालय सचेत छ। र यसप्रकारका भ्रामक धारणहरुका पछि कुनै सत्यता छैन,' विज्ञप्तिमा भनिएको छ, 'यो विशेष अनुसन्धान कुनै व्यक्ति पदाधिकारीप्रति आग्रह पूर्वाग्रह राखि गरिएको विषय नभइ प्रचलित कानुनले प्रदान गरेको अधिकार बमोजिम तथ्य प्रमाण र कानुनको अधिनमा रही निरन्तर जारी रहेको विषय भएको व्योहोरासमेत सबैमा जानकरी गराइन्छ।'
आइतबार नेपाल प्रहरीका तीन जना पूर्वअधिकारीहरूले अहिलेको अनुसन्धान प्रक्रिया निर्दोष प्रहरी अधिकृत फसेको धारणा सार्वजनिक गरेका थिए।
यो पनि