प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले जुँगाको लडाइँ नलड्ने बरु समस्या भए जुँगा नै खौरिदिने बताएका छन्।
हेटौंडामा प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नचाहिने कुरामा आफूहरू नअल्झिने बताए। उनले छिमेकीसँगको सम्बन्धका विषयमा बोल्दा जुँगाको प्रसंग निकालेका हुन्।
‘छिमेकीसँगको सम्बन्ध पुर्नस्थापित भएको छ। म गर्व सुधार हुनुपर्छ भनेर निहुँरिएर आन्तरिक मामिलामा झुकेर होइन। मिल्नैपर्छ भनेर जसरी पनि होइन। आन्तरिक मामिलामा हस्तक्षेप गर्दिनँ भनेर हामीले सम्बन्ध सुधार गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘शिर उठाएर सम्बन्ध सुधार गरेका छौँ। पहिले कता गयो। सम्झौता कस्तो गर्यो भन्ने होइन हित भयो भएन हेर्न पर्यगव्। हामी जुगाँका लडाइँ लड्दैनौँ। खौरिदिन्छौँ।’
उनले आफ्नो सरकार राष्ट्रिय हितको निम्ति बताए। प्रधानमन्त्रीले सरकारले देशको सार्वभौमसत्तालाई नयाँ उचाइमा पुर्याएको दाबी गरे। ‘हामीले खोक्रो दाबी गरेका छैनौं। कुन देशमा गएर कहाँ के गरें भन्ने सबै कुरा खुलस्त छन्, पारदर्शी छन्,’ प्रधानमन्त्रीले भने।
हेर्नुहोस् लाईभ