राष्ट्रिय जनता पार्टीले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएको छ।
मंगलबार बसेको अध्यक्ष मण्डलको बैठक लगत्तै राजपाले संसद सचिवालय पुगी नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएको हो।
बैठकले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुलभूत मुद्दा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराउने निर्णय गरेको थियो।
त्यसैगरी विभिन्न समयका आन्दोलनमा शहीद भएकाको आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिने छ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने तर्क पनि उसले गरेको छ ।
बैठकमा पार्टीको विधान, घोषणापत्र र नियमावलीको मस्यौदा पनि पेश भएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्ने भन्दै बैठक १४ गते सम्मका लागि स्थगित गरिएको छ।