तस्करीको ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा अभियुक्त बनाइएका ८ प्रहरीसहित २८ जनालाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।
त्यस्तै १ जनालाई धरौटी र एक जनालाई सामान्य तारिखमा छोडेको छ।
जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले प्रहरी अदालतमा उपस्थित गराएका ३० अभियुक्तबारे ११ दिन बहस सुनेपछि सो आदेश गरेको हो।
विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्मर बहादुर थापालाई सामान्य तारिखमा छोडेको हो।