सरकारले मौलिक हकसम्बन्धी कानून निर्माणको काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले तोकिएको समयभित्रै मौलिक हकसम्बन्धी कानून निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गतेभित्र मौलिक हकसम्बन्धी कानून निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेछ। मन्त्री तामाङले तोकिएको समयभित्र सम्पन्न हुने गरी कानूनको मस्यौदा निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे।
उनले विभिन्न ४१ किसिमको कानूनमध्ये २० वटा कानून निर्माणका लागि मस्यौदा निर्माणको काम अन्तिम चरणको पुर्याइएको पनि जानकारी दिए। उनले केही कानूनको मस्यौदा १ हप्ताभित्रै संघीय संसदमा पेश गर्ने तयारी गरिएको पनि बताए।
मन्त्री तामाङले विधेयक प्रतिस्थापनसम्बन्धी कानून निर्माणको काममा पनि ढिलाई नहुने स्पष्ट पारे। उनले बजेट अधिवेशनलाई कानून निर्माणमा केन्द्रीत गर्ने योजना पनि अघि सारे । मन्त्री तामाङले नमूना कानून उपलब्ध गराएर भए पनि प्रदेश र स्थानीय तहको कामलाई सहज बनाइएको दाबी समेत गरे।
https://youtu.be/gagY7-FqZfc